जोर्नी किन दुख्छ, जोर्नी प्रत्यारोपण के हो ?

शरिरको चल्ने भाग छ, त्यसलाई हामी जोर्नी भन्छौं। हात र पाखुराको बीच भाग, हिप ज्वाइन्ट, घुँडा सबै जोर्नी हुन्।

जोर्नी प्रत्यारोपण  दुर्घटनामा परेर अंगभंग भएका र उमेर बढ्दै गएपछि हाड खिइएर भएकाहरुलाई गरिन्छ। जोर्नीमा हाड खिइएर यति दुख्छ कि बिरामी हिड्नै सक्दैन।

हात, घुडा, चलाउन नै सक्दैन । त्यो हाड खिइएर बिग्रिएको भाग तासेर त्यसपछि कृतिम जोर्नी राखेर गरिने उपचारलाई नै जोर्नी प्रत्यारोपण भनिन्छ।

बढ्दो उमेरसँगै जोर्नीहरु खिइने र बिग्रने , चोटपटक लागेर जोर्नी फुट्ने र कसै कसैमा जन्मजात भएको खराबिका कारण जोर्निको समुचित विकास नहुने लगायतको अवस्थामा जोर्नी प्रत्यारोपण गर्नुपर्ने हुन्छ ।

जोर्नी दुख्ने, हिड्नै नसक्ने, दैनिक गरिदै आएको काम गर्न नसक्ने भएपछि केही समस्या छ कि भनेर चिकित्सकलाई जचाँउनुपर्छ।

जोर्नी दुखेपछि अप्रेसन विनाको उपचार पद्धतिमा सबैभन्दा पहिला जान सकिन्छ। यसमा नियमित ब्यायाम गर्नुपर्छ। ब्यायामका केही विधि हामीले तय गरेका छौं। हाम्रो फिजियोथेरापी टिमले यस विषयमा सिकाइदिन्छ।

धेरै मोटाउने मानिसहरुमा पनि यस्तो समस्या देखिदैँ आएको छ।  शरिरलाई ओभरलोड भयो भने जोर्नी दुख्ने समस्याले सताउँछ । शरिरले थेक्न नसक्ने गरी मोटो भएपछि त्यसलाई हामी बडी माक्स इडेक्स बढी भएको भन्छौं । जोर्नीमा भार पर्न नदिन मोटोपनलाई हटाउनुपर्छ, नियमित ब्यायाम गर्नुपर्छ। धेरै बेर पलेटी कसेर र टुक्रुक्क बस्न हुन्न ।